दृष्टिविशेषज्ञ दीपककुमार साह महोत्तरी -२, बाट विजयी

192
Shares

काठमाडौँ, २३ फागुन । दृष्टि विशेषज्ञको रुपमा चिनिएका दीपक कुमार साह प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महोत्तरी -२ का उम्मेदवार साह निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी उम्मेदवार किरण यादवभन्दा साढे तीन गुणा बढी मतका साथ विजयी भएका हुन् ।

यादवले ९ हजार ९६२ मत ल्याउँदा साहले ३२ हजार ७२० मत ल्याई विजयी भएका हुन् ।

यसअघि सो क्षेत्र जनता समाजवादी नेपालका नेता सरद सिंह भण्डारीको पकड क्षेत्र मानिथ्यो । विसं २०३८ साल देखि उनी त्यस क्षेत्रबाट संसदमा उठ्ने र निर्वाचित हुने गरेका थिए । भण्डारी यसपटक पनि जसपाबाट उम्मेद्धार बनेका थिए । यसपटक साहले भण्डारीको ४४ वर्ष अघि देखिको किल्ला भत्काइदिएका छन् ।

२१ पटक मन्त्री बनेका भण्डारी यसपटक भने तेस्रो स्थानमा पुगे । उनले ९ हजार ९१६ मत मात्रै प्राप्त गरे ।

साह तीन महिना अघि मात्रै नेपाल दृष्टि विशेषज्ञ संघको केन्द्रीय अध्यक्ष पदमा भारी मतका साथ निर्वाचित भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *