डा. लेखजंग थापा ५० हजार भन्दा धेरै मतान्तरबाट विजयी

काठमाडौँ, २३ फागुन । रूपन्देही क्षेत्र नं ३ बाट रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उठेका डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले बिजयी भएका छन् ।
बरिष्ठ न्युरोलोजिष्ट समेत रहेका डा थापाले आफ्ना निकटतम प्रतिसपर्धी नेपाली काँग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्।
यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो अन्तर हो।
थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उमेदवारले १० हजारभन्दा कम मत ल्याएका छन्।
थापाका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। तेस्रोमा रहेका एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याएका छन्। राप्रपाका गौरब बोहराले ७ हजार ७८९ मत ल्याएका छन्।
रास्वपाले रुपन्देहीका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा विजय हासिल गरिसकेको छ भने क्षेत्र नं १ र ५ मा रास्वपाका उमेदवारहरुले फराकिले अग्रता लिएका छन्।
को हुन् डा लेखजंघ ?
भैरहवाका डा. थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा। थापा अमेरिकाको हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फर्मेटिभ’का ग्राजुएट्स हुन्।
उनी नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ