पूर्व स्वास्थ्य मन्त्री पदम गिरी तेस्रो हुँदै पराजित

56
Shares

काठमाडौँ, २३ फागुन । पूर्व स्वास्थ्य मन्त्री पदम गिरी पनि पराजित भएका छन् ।

गिरी गत विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए ।

उनको क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल भारी मतान्तरका साथ विजयी भएका छन् ।

भुसालले २६ हजार ५ सय ६१ मतसहित जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरे ।

एमालेका गिरीले भने १५ हजार ७५ मतका साथ तेस्रो स्थानमा चित्त बुझाउनु परयो ।

गिरी २०७९ माघ ३ गते देखि ४२ दिन स्वास्थ्य मन्त्री बनेका थिए । उनीसंगै राज्यमन्त्री बनेर २० दिनमा बाहिरिएकी रास्वपाकी डा तोसिमा कार्की भने भारी मतान्तरका साथ जीत नजिक छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *