बहतिपोखरी निशुल्क स्वास्थ्य शिविर, १०० बढीको स्वास्थ्य जाँच

8
Shares

काठमाडौँ, ४ माघ । बरिष्ठ मुत्ररोग विशेषज्ञ डा. दीपक रौनियारले बहतिपोखरी, नयाँ बजार क्षेत्रका सर्वसाधारणको मिर्गौला पत्थरी, पिसाव तथा प्रोष्टेट ग्लाण्ड रोग सम्वन्धी निशुल्क परीक्षण तथा परामर्श गरिदिएका छन् ।

शनिबार कुमारी युवा क्लव बहति पोखरी नयाँ बजारको आयोजना तथा हिमालयन कम्युनिटी प्रोजेक्टको सहयोगमा उनले निशुल्क स्वास्थ्य जाँच तथा परामर्श गरिदिएका हुन् ।

उनले शिविरमा आएकाहरुको सिरम क्रियाटिनाइन, व्लड सुगर रेण्डम, युरिन रुटिन एक्जामिनेसन, अल्ट्रासाउण्ड लगायतका जाँच साथै स्वास्थ्य परामर्श दिएको बताए ।

सो शिविरमा करीव १०० जनाको स्वास्थ्य परीक्षण समेत भएको उनले जानकारी दिए ।

क्लवले आफ्ना तत्कालीन अध्यक्ष स्वर्गीय नासिर खानको १८ औँ बार्षिक पुन्य तिथि पारेर शिविरको आयोजना गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *