हेल्पिङ ह्याण्डमा भर्ना भएका पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार, स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल

36
Shares

काठमाडौँ, २७ माघ । चावहिलस्थित हेल्पिङ ह्याण्ड सामुदायिक अस्पतालमा उपचाररत नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार देखिएको छ ।

झाडा पखलाबाट ग्रस्त भएका नेपाललाई परिवारका सदस्य तथा सहयोगीले सोमबार (हिजो) दिउसो हेल्पिङ ह्याण्ड अस्पताल ल्याएका थिए । तत्कालै उनलाई त्यहाँको डिलक्स क्याविनमा राखेर उपचार सुरु गरिएको थियो ।

अस्पतालका प्रमुख डा. गुप्तबहादुर श्रेष्ठले पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार आएको बताए । ‘उहाँलाई पखला लागेर यहाँ ल्याइएको थियो । अहिले सुधार भईरहेको छ । आज बेलुका वा भोलीसम्ममा उहाँको डिस्चार्ज हुन्छ होला,’ डा. श्रेष्ठले भने ।

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्य अवस्था बुझ्न आज विहान नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए ।

गत १४ माघमा रुघा खोकी र ज्वरोको समस्या भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकले हेर्ने गरी संगै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरि राखिएको थियो ।

नेता नेपाल आसन्न निर्वाचनमा रौतहट क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्धार बनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *