प्रतिनिधि सभा निर्वाचन : पूर्व स्वास्थ्य मन्त्रीहरु को कहाँबाट उठ्दैछन् ?

204
Shares

काठमाडौँ, ६ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्धार मनोनयन गर्ने आज अन्तिम दिन । यसअघि नै सांसद बनेर स्वास्थ्य मन्त्रीमा पुगेका विभिन्न पार्टीका नेताहरुले आज क्षेत्र निर्धारण गरी उम्मेद्वारीका लागि मनोनयन गर्दैछन् ।

त्यसरी उम्मेद्धारी मनोनयन गर्नेहरुमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट आफ्नो उम्मेदवारी मनोनयन गर्दैछन् । यस्तै पूर्व मन्त्री प्रदीप यादवले भर्खरै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई पर्सा १ बाट उठाउने तयारी एमालेको रहेको छ ।

एमालेबाटै स्वास्थ्य मन्त्री बनेका पदम गिरीलाई पार्टीले यसपटक पनि पर्वत क्षेत्र नं १ बाट उम्मेद्धार बनाएको छ ।

यस्तै केही समय एमालेका तर्फबाट स्वास्थ्य मन्त्री बनेका शेरबहादुर तामाङलाई पार्टीले सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै उपप्रधानसंगै स्वास्थ्य मन्त्री बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सोही पार्टीका तर्फबाट सप्तरी ३ बाट उम्मेद्धार बन्ने भएका छन् ।

यस्तै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यसपटक काठमाडौँ ४ छाडेर सर्लाही ४ बाट आफ्नो मनोनयन गर्ने भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *