नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना, उपाध्यक्षमा तुईतुई

236
Shares

काठमाडौँ, २४ पुस । नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना नियुक्त भएकी छन् ।

निवर्तमान अध्यक्ष प्राध्यापक सरला केसीको चार वर्षे कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

यस्तै उपाध्यक्ष पदमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् ।

मन्त्रालयले रिक्त सदस्य पदहरुमा हिराकुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ र रामानन्द चौधरीलाई नियुक्त गरेको छ ।

नेपाल नर्सिङ परिषद ऐन २०५२ को दफा ५ मा अध्यक्ष उपाध्यक्ष तथा सदस्यहरुको कार्यकाल चार वर्ष तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “नेपाल नर्सिङ परिषद्को अध्यक्ष पदमा प्राध्यापक मुना राना, उपाध्यक्षमा तुईतुई

Leave a Reply

Your email address will not be published. Required fields are marked *