डा. सुवास गुरुङको मुख्य एजेण्डा : ‘एनएमएको आर्थिक पारदर्शीता, सेवामा बृहत्तर एकता’

डा. सुवास गुरुङ चिकित्सा क्षेत्रमा प्रतिबद्ध, दूरदर्शी तथा पेशागत हक हितका लागि निरन्तर आवाज उठाउँदै आएका युवा चिकित्सक हुन् । उनी नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा टिम मंगलबाट सह कोषाध्यक्ष पदमा उम्मेद्धार बनेका छन् ।
एनएमएलाई समावेशी, आधुनिक र सबै चिकित्सकको साझा संस्था बनाउने दृढ अठोटका साथ अघि उम्मेद्वारी दिएका उनी आफूले पहिले देखि नै भन्दै आएको आफ्नो मुख्य एजेण्डा एनएमएको आर्थिक पारदर्शीता, बृहत्तर सेवामा एकता भन्ने नाराका साथ अघि बढेको बताउँछन् ।
‘निर्वाचन सहभागितालाई ४ र ७ वर्षमा सिमित गर्ने परिपाटीको म विरोधी हुँ । उम्मेद्वारका लागि निश्चित योग्यता चाहिने प्रावधान पनि म स्वीकार गर्दिन । यसलाई हटाउनु पर्छ । अनलाइन मतदान प्रणाली लागू गरी एनएमएलाई पूर्ण रूपमा डिजिटलाइज्ड संस्था बनाउने मेरो योजना छ । यस्तै एनएमएमा रेजिडेन्ट डाक्टर तथा मेडिकल अफिसरहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने। एनएमएका संरचनाहरूलाई जिल्ला तहसम्म विस्तार गर्ने पनि योजना रहेको छ,’ आफ्ना एजेण्डा प्रस्तुत गर्दै उनले भने ।
डा. गुरुङ चिकित्सकहरूका लागि आवश्यक सेवा सुविधा, सुरक्षा र लाभका योजनाहरूलाई कानुनी आधारमा सुनिश्चित गर्ने तथा सरकारमाथि निरन्तर दबाब सिर्जना गर्दै कुनै पनि ढिलाइ र बहानाबिना डाक्टर ऐन तुरुन्त लागू गराउने पहल गर्ने विषयमा आफू स्पष्ट रहेको बताउँछन् ।
सह कोषाध्यक्ष पदमा उम्मेद्वार बनेका डा गुरुङ एनएमएको आर्थिक पारदर्शीता र सेवा विस्तारमा केन्द्रीत देखिन्छन् । उनी भन्छन्, ‘एकीकृत डिजिटल प्लेटफर्म मार्फत एनएमएका सबै सेवा उपलब्ध गराउने। यस्तै एनएमए जव कनेक्ट सर्भिस सुरु गरी चिकित्सकहरूलाई रोजगारीका अवसरसँग जोड्ने, पेशागत मुद्दामा सहयोग पुर्याउन एनएमए कानुनी सहायता सेवा स्थापना गर्ने पनि हाम्रो लक्ष्य छ ।’
त्यसो त डा गुरुङ चिकित्सा जर्नल, अनुसन्धान तथा शैक्षिक गतिविधिहरू सुदृढ गर्ने र प्रभावकारी रुपमा नीति सुधारका लागि स्पष्ट दृष्टिकोण राख्छन् । उनी भन्छन्, “बाराकोटी प्रतिवेदन” तत्काल जिल्ला तहसम्म कार्यान्वयन हाम्रो योजना हो । यस्तै चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, उपभोक्ता अदालत लगायतका विषयमा गर्नु पर्ने कानुनी संशोधनहरूका लागि सशक्त पहल गर्ने पनि मेरो हाम्रो टिमको योजना छ ।’
पारदर्शीताका कुरामा उनी आफू स्वास्थ्य क्षेत्रमा हुने सबै नियुक्तिहरू मेरिटमा आधारित, पारदर्शी र गैर(राजनीतिक बनाउनु पर्ने कुरामा समेत स्पष्ट देखिन्छन् ।
एनएमएलाई सबै चिकित्सकको साझा, सुरक्षित र सशक्त मञ्च बनाउने उद्देश्यका साथ आफू अघि बढेको भन्दै टिम मंगलको
सामूहिक शक्ति र स्पष्ट एजेन्डासहित आफ्नो उम्मेदवारी रहेको बताउँदै उनले अन्तिममा भने, ‘परिवर्तन, समावेशिता र व्यावसायिक गरिमाको प्रतीक हो। बलियो एनएमए का लागि, सँगै अगाडि बढौँ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
