एक रिक्त अतिरिक्त स्वास्थ्य सचिव पदका लागि १४ जनाको आवेदन (सूची सहित)

काठमाडौँ, २० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह) एक पदका लागि १४ जनाले आवेदन दिएका छन् ।
मन्त्रालयको बढुवा समितिको सचिवालयले गत २८ मंसिरमा १५ दिनको म्याद राखेर योग्यता पुगेका ईच्छुकलाई आवेदन दिन भनेको थियो ।
सो अवधी भित्र १४ जनाको आवेदन परेको मन्त्रालय कर्मचारी प्रशासन महाशाखा स्रोतले जानकारी दिएको छ । महाशाखाले अहिले परेका आवेदन फारमको रुजु तथा कासमु लगायतका कागजातहरु हेरेर नम्बरको गणना गर्ने लगायतका कामहरु गरिरहेको जनाएको छ ।
को कोले दिए आवेदन ?
मन्त्रालय स्रोतका अनुसार यसपटक डा सुधा देवकोटा, डा कृष्णप्रसाद पौडेल, डा चुमनलाल दास, डा विनोदविन्दु शर्मा, प्राध्यापक दुर्गालक्ष्मी श्रेष्ठको आवेदन परेको छ ।
यस्तै नारायणप्रसाद ढकाल, डा बासुदेव जनार्दनप्रसाद उपाध्याय, डा किरणमणि पौडेल, डा राजन पाण्डे, डा चन्द्रभाल झा, डा रुना झा, डा यदुचन्द्र घिमिरे, डा प्रमोद यादवको पनि आवेदन परेको जनाएको छ ।
यसअघि आवेदन दिएका कतिपयले यसपटक थाहा नै नपाएको कारण आवेदन नदिएको र कतिपयले स्व मूल्यांकन गर्दै परिदैन भनेर प्रतिस्पर्धामा नगएको बताएका छन् ।
अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष पदावधी बाँकी छँदै गत कात्तिक १९ मा पदबाट राजिनामा दिएपछि एक पद खाली भएको थियो । सोही पदमा अहिले बढुवा गर्न खोजिएको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

