नेपाल चिकित्सक संघको निर्वाचन यथास्थितिमा नगर्न उच्च अदालतको अन्तरिम आदेश

716
Shares

काठमाडौँ, २० पुस । नेपाल चिकित्सक संघको निर्वाचन यथास्थितिमा नगर्न नगराउन उच्च अदालत पाटनले नेपाल चिकित्सक संघ र त्यसले गठन गरेको निर्वाचन समितिका नाममा अन्तरिम आदेश दिएको छ ।

डा अजयकुमार मिश्र र डा गणेश चौधरीले दायर गरेको रिटमा आज बहस सुनिसकेपछि न्यायाधीशद्धय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

यो संगै नेपाल चिकित्सक संघको माघ २ देखि सुरु हुने दुई चरणको निर्वाचन अन्योलमा परेको छ ।

बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्धारी दिएका डा मिश्रको नाम निर्वाचन समितिले खारेज गरेपछि उनी उच्च अदालत गएका थिए ।

हेरौं अदालतको आदेश:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *