ईशान बाल तथा महिला अस्पतालको ३० औं वार्षिक साधारण सभा सम्पन्न

80
Shares

काठमाडौँ, २० पुस । धापासीस्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्दनप्रसाद चौधरीले बार्षिक प्रगतिविवरण सार्वजनिक गरेका थिए । सो अवसरमा उनले ३० वर्ष अघि अस्पताल स्थापना ह’ँदाको अवस्था र बर्तमान अवस्थाको समेत लेखाजोखा गरेका थिए ।

विसं २०५२ सालमा नेपालकै पहिलोे गैरसरकारी बाल अस्पतालको रुपमा ईशान स्थापना भएको हो । सुरुमा महाराजगञ्ज चक्रपथमा ईशान बाल नर्सिङ्ग होमको नाममा स्थापित यस अस्पताल त्यसपछि बसुन्धराचोकमा भाडाको घरमालामो समय सेवा दियो ।  त्यहाँ ईशान बाल अस्पतालको रुपमा परिचित थियो ।

अहिले भने बसुन्धारा खोला पुलबाट २५० मिटर उत्तर, धापासी मार्ग टोखा–५ मा अवस्थित बिरामी तथा वातावरण मैत्री आफ्नै आधुनिक भवनबाट सेवा प्रदान भईरहेको भने नाम पनि परिवर्तन भई ईशान बाल तथा महिला अस्पताल राखिएको छ ।

प्राडा चौधरीले देशका सवै जिल्ला र भेगका बिरामी ईशानमा आउने गरेको बताए । उनले अस्पतालमा आकस्मिक विभागमा २४ घन्टा नै एमपडी पेडियाट्रिक्स, रजिष्ट्रारहरुबाट नवजात तथा बाल रोग, नवजात तथा बाल सर्जरी, महिला, प्रसुती तथा हाडजोर्नी सम्बन्धमा दुर्घटना तथा ट्रमा सम्बन्धी सम्पूर्ण आकस्मिक सेवाहरु समेत उपलव्ध गराएको बताए ।

नवजात, बाल सघन उपचार कक्ष, एच.डि.यु सेवाहरु, एम्बुलेन्स, प्याथोलोजी, अल्ट्रासाउन्ड, एक्स–रे, फार्मेसी, क्यान्टिन सेवा पनि उपलब्ध भएको जानकारी दिए । अस्पतालमा पटक पटक विभिन्न समयमा विभिन्न नवजात, बाल शल्यरोग तथा बाल युरोलोजी सम्बन्धीको जटिल भन्दा जटिल शल्यक्रियाहरु भइरहेको जानकारी गराउँदै यु.के, भारत, यु.ए.ई तथा बंगलादेशबाट समेत आएका बच्चाहरुको सफल शल्यक्रिया भएको समेत दावी गरे ।

बच्चाहरको लागि हरेक दिन शनिबार सहित सबै निजी खोप सेवाहरु र सरकारी खोपहरु ( सोमबार र बिहीबार ) उपलब्ध रहेको समेत अस्पतालले जनाएको छ ।

अहिले अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) एचडीयू, पेडियाट्रिक इको, फोरडी अल्ट्रासाउण्ड सेवाहरु उपलव्ध भएको बताउँदै चाडैँ नै सिटिस्क्यान सेवा र पेडियाट्रिक बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने योजना भएको समेत अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *