नेपाल मेडिकल काउन्सिल मतगणना अपडेट : ८००० गणनामा को अघि, को पछि ?

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिलको एक निर्वाचन अन्तर्गत हिजो देखि जारी मत गणनामा ८००० मतको परिणाम प्राप्त भएको छ ।
निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ८००० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
उपाध्यक्ष पदमा डा. गुरुशरण साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। उनले अहिलेसम्म ३२४३ भोट पाएका छन् ।
उनलाई पच्छ्याउँदै आएका उपाध्यक्षका अर्का उम्मेद्धार डा. कुञ्जाङ शेर्पा पनि नजिकै आई पुगेका छन् ।
८००० गणना हुँदा उनको मत ३२१४ आएको छ । डा. शेर्पा डा. साह भन्दा २९ मतले पछाडी छन् ।
सदस्यहरु तर्फ डा. छविलाल पन्थी पहिलो स्थानमा आएका छन् । उनले ३३८६ मत प्राप्त गर्दा दोस्रो स्थानमा डा. सारिका गोइतले ३३७३ मत प्राप्त गरेकी छन् ।
तेस्रो स्थानमा डा युविनकुमार यादवले २७०० मत ल्याएका छन् ।
यस्तै अहिलेसम्म चौथो स्थानमा डा दीपेन्द्र पाण्डेले २६०६ मत ल्याएका छन् ।
पाँचौ स्थानमा डा सम्राट पराजुली २४४४ मतमा छन् ।
छैटौँ स्थानमा डा अस्मिता पोखरेलले २०८९ मत, सातौँ स्थानमा डा रविन बस्नेत २०६२ र आठौँ स्थानमा डा कुम्भराज जोशी २०५४ मत ल्याएका छन् ।
नवौँ स्थानमा डा घनश्याम पाण्डे १९९६, दशौँ स्थानमा डा सरोजकुमार साह १९७२ मत र एघारौँ स्थानमा डा नीमा राईको १९२० मत आएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


