कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार महतलाई कामकाज गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २२ मंसिर । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा नियुक्त भएका लक्ष्मीचन्द्र महतलाई कामकाज गर्न दिने अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले आफूलाई नियुक्त गरेपछि पनि तीन महिनासम्म पदीय कामकाज गर्न नदिइएको भन्दै महतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीश शारंग सुबेदीको एकल इजलासले मंसिर १६ गते जारी गरेको आदेशमा प्रतिष्ठानका सह–कुलपति तथा स्वास्थ्य मन्त्रीको २०८२ भदौ १३ गतेको निर्णयानुसार महतलाई रजिस्टारको सबै कामकाज गर्न दिन र कुनै प्रकारको अवरोध नगर्न निर्देशन दिएको छ ।
सर्वोच्च अदालतको आदेशसँगै महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका रूपमा कामकाज गर्न बाटो खुलेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

