काउन्सिलको सदस्य पदमा यस कारण मेरो उम्मेद्धारी – डा. अस्मिता पोखरेल

नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा ४ मा काउन्सिलको गठन सम्वन्धी व्यवस्था उल्लेख छ । त्यस भित्रको (ख)मा उपाध्यक्ष र (च)मा आठ जना सदस्यहरुको छनौटको विषय उल्लेख छ, जो दर्तावाला चिकित्सकहरु मध्येबाट निर्वाचित भएर आउने छन् ।
काउन्सिलले आगामी ५ पुस देखि सोही व्यवस्था अनुरुप एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन गर्दैछ ।
यसपटक म सोही आठ जना सदस्य पदका लागि हुन लागेको निर्वाचनमा सदस्य पदको एक जना उम्मेद्धार बनेको छु ।
मेरो दर्ता नं २ हो ।
यसमा निर्वाचित हुँदा मेरो लागि एउटा अठोट पुरा गर्ने अवसर प्राप्त हुने छ भने काउन्सिल र तमाम मेडिकल फर्टिनिटीका लागि पनि नयाँ सन्देश जाने छ ।
यसो भन्दै गर्दा प्रश्न उठ्न पनि सक्छ, किन त्यस्तो …….?
म भन्छु,
चिकित्सा क्षेत्रमा मेरो यात्रा बीडीएस हुँदै एमडी बायोकेमेस्ट्री हो ।
अब सुरु देखि कै कुरा गरौँ, मैले बीडीएसको अध्ययन गरेको कारणले दन्त चिकित्सक समुदायको समस्या तथा चुनौती सामना गरेको छु । त्यहाँ के कस्ता समस्याहरु छन् मेरा अनुभव र भोगाई छन् ।
यस्तै एमडी बायोकेमेस्ट्री अध्ययन गर्दा मैले बेसिक साइन्स विषयको समस्या तथा चुुनौती पनि बुझें ।
मैले आठ वर्ष लेक्चरर भएर काम गरेँ, अहिले असोसिएट प्रोफेसरको रुपमा नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत छु । यो अवधीमा आईपुग्दा फ्याकल्टीहरुको समस्या के कस्ता छन् भन्ने मलाई राम्ररी थाहा छ । अर्थात मैले मेरो फ्याकल्टी समुदायमा रहेका समस्या, चुनौती र गर्नु पर्ने काम तथा गर्न सकिने कामको बारेमा राम्ररी बुझेको छु ।
यति मात्रै होईन, बायोकेमेस्ट्रीको भएको कारणले म ल्याबसंग प्रत्यक्ष जोडिन्छु । यसले क्लिनिक डिसिजन मेकिङका लागि क्लिनिकल डाक्टरहरुसँग पनि जोडिएको छु । क्लिनिकल डिसिजन राम्रो नहुँदा ओभरअल हेल्थ केयर सिस्टमलाई नै समस्या पर्न जान्छ । त्यसैले यस भित्रका समस्या तथा ग्यापहरुलाई मैले सम्वन्धित ठाउँमा पुर्याएर अघि बढ्न सक्छु भन्ने लाग्छ ।
अनि अर्को महत्वपूर्ण कुरा, म एक महिला पनि हुँ । काउन्सिलमा महिला उम्मेद्धारी एकदमै जरुरी छ । चुनावबाट महिलाको प्रतिनिधित्व हुनु जरुरी छ । म यसका लागि पनि एकदमै डिर्जर्भिङ उम्मेद्धार हुँ ।
यस अर्थमा पनि
नेपालको स्वास्थ्य र शिक्षाको जगमा काम गर्ने नेपाल मेडिकल काउन्सिलको संरचना एकदमै अचम्मको छ । त्यहाँ निर्वाचित प्रतिनिधि, नेपाल सरकारले नियुक्त गर्ने प्रतिनिधि संस्थागत प्रतिनिधि रहन्छन्, अध्यक्ष चाहि नेपाल सरकारले नियुक्त गरेको व्यक्तिले गर्ने व्यवस्था छ ।
नेपाल मेडिकल काउन्सिलमा महिला चिकित्सकहरुले गरेको योगदानलाई समेटनका लागि पनि म काउन्सिलमा उम्मेद्धार बनेकी हुँ । मलाई लाग्छ जसरी देश संघीयतामा गयो र सबै ठाँउ र समुदायको समान प्रतिनिधित्वको कुरा भईरहेको छ त्यसैगरी काउन्सिलमा पनि हाम्रो प्रतिनिधित्व हुनेछ र हुनुपर्छ भन्ने मैले आशा गरेको छु ।
मैले फेरी पनि भने, परिश्रम र मेहनतको जगमा उभिएको हाम्रो स्वास्थ्य संस्था र सेवालाई अझ बलियो बनाउनका लागि म नेपाल मेडिकल काउन्सिलमा उम्मेद्धार बनेकी हुँ । आशा गर्दछु, निर्वाचनमा भाग लिने सम्पूर्ण चिकित्सक समुदायले मेरो अनुरोधलाई स्वीकार गर्दै दर्ता नं २ मा भोट हाली मलाई बिजयी बनाउनु हुनेछ ।
#काउन्सिल सदस्यको उम्मेद्धार डा. पोखरेल नेपाल मेडिकल कलेज जोरपाटीमा एसोसिएट प्रोफेसर हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

