स्वास्थ्य मन्त्रीले उद्घाटन गरेपछि भरतपुर अस्पतालको ट्रमा सेन्टर आजबाट औपचारिक रुपमा सञ्चालनमा

140
Shares

चितवन, २१ मंसिर । चितवनस्थित भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा शर्मा गौतमले आइतबार चितवन पुगेर ५० शैय्याको भरतपुर अस्पताल ट्रमा सेन्टरको उद्घाटन गरेकी हुन् ।

भरतपुर अस्पतालले आकस्मिक कक्षमाथि दुई तला थप गरी ट्रमा सेन्टर बनाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले विशेषगरी चोटपटक तथा दुर्घटनाका घाइतेहरुको उपचारका लागि यस क्षेत्रमा ट्रमा सेन्टरको अति नै आवश्यक भएपछि अस्पतालले आन्तरिक स्रोतबाट तल्ला थपेर नयाँ सेवा प्रारम्भ गरेको बताए ।

ट्रमा सेन्टरका लागि अस्पतालले आन्तरिक स्रोतबाट १३ करोड रुपैयाँ खर्च गरी भौतिक संरचना तयार गरेको बताए । ‘हामीले अस्पताल विकास समितिकै रकम खर्चेर भवन बनाएका हौँ । मेसिनरी खरीदका लागि भने मन्त्रालयले १ करोड ८० लाख रुपैँया दिएको थियो,’ उनले भने ।

कुल ५० शय्या क्षमता रहेको उक्त ट्रमा सेन्टरमा हाललाई १५ शैय्या सञ्चालनमा आइसकेको अस्पतालले जनाएको छ ।

मन्त्री शर्माले आइतबार नै भरतपुर अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधी सूचना केन्द्र समेत उद्घाटन गरेकी छन् । नयाँ ल्याबबाट विशेष बिरामीहरूको आवश्यकताअनुरुप औषधीको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरूमा सुधार आउने विश्वास लिइएको अस्पतालले लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *