ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

12
Shares

काठमाडौँ, १९ मंसिर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर मनाइएको छ ।

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ ।

दिवसका अवसरमा देशभरका विभिन्न स्थानीय तहहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

यसैक्रममा ललितपुर महानगरले पनि महानगरभित्र रहेका वडाका उत्कृष्ट र अवकाश प्राप्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमि हुन नदिने उनको भनाइ छ ।

स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *