विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७५.२५ प्रतिशत उत्तीर्ण

100
Shares

काठमाडौँ, १७ मंसिर । विशेषज्ञ चिकित्सकको रुपमा नाम दर्ता गर्नका लागि नेपाल मेडिकल काउन्सिलले आज लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ७५.२५ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार आजको परीक्षाका लागि विभिन्न २८ विषयका २०४ जनाले फारम भरेका थिए । तर २ जना उपस्थित हुन सकेनन् ।

परीक्षामा सम्मिलित २०२ जनामध्ये १५२ जना अर्थात ७५.२५ प्रतिशत चिकित्सक सफल भएका हुन् । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह परीक्षा पास गरे विशेषज्ञ कहलिने लाइसेन्स परीक्षा उत्तीर्ण हुन भने सकेनन् ।

नेपाल मेडिकल काउन्सिलले स्नातक तह (एमबीबएिस र बीडीएस) चिकित्सकहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा र विशेषज्ञ चिकित्सकहरुको विशेष परीक्षा वर्षको तीन तीन पटक लिने गरको छ ।

आगामी विशेष परीक्षा (स्पेशल एक्जाम) चैतको १९ र २० गतेका लागि तोकिई सकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *