बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा?

कोही बिहान नुहाउन रुचाउँछन् भने कोही बेलुका। त्यसो भए कसले सही तरिकाले नुहाइरहेको छ त ?
हामी बाँचिरहेको यो बढ्दो ध्रुवीकृत संसारमा एउटा प्रश्न छ जसले सायद हामीलाई अरूभन्दा बढी विभाजित गर्दछ- के तपाईँले बिहान सबैभन्दा पहिला गर्ने काम भनेको नुहाउने हो वा यो रातमा गर्ने अन्तिम काम हो ? वा हुन सक्छ तपाईँ अमेरिकी जनसङ्ख्याको ३४ प्रतिशत मध्ये एक हुनुहुन्छ जसले दैनिक नुहाउनुहुँदैन।
तपाईँ जुनसुकै कित्तामा भए पनि तपाईँको छनौटले तपाईँको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने सोच्न सक्नुहुने छ।
कुन बढी फाइदाजनक ?
हामीमध्ये धेरैका लागि बिहान आँखा मिच्दै उठेपछि हामीले गर्ने पहिलो कामहरू मध्ये एक भनेको नुहाउने हो।
बिहान नुहाउनुपर्छ भन्नेहरूको प्रायः तर्क हुन्छ कि तातो पानीमा १० मिनेट नुहाउँदा उनीहरूलाई उठ्न, ताजा महसुस गर्न र दिन सुरु गर्न मद्दत गर्दछ। यद्यपि, रातको समयमा नुहाउनेहरूको तर्क चाहिँ सुत्नुअघि नुहाउँदा दिनभरिको फोहोर पखाल्न मद्दत पुग्छ र आनन्दमय निद्रा पुग्छ भन्ने रहन्छ।त्यसो भए विज्ञानले के भन्छ जुन वास्तवमा हाम्रो लागि बढी फाइदाजनक छ?
नुहाउँदा छालाबाट फोहोर, पसिना र चिल्लोपना निखार्न मद्दत गर्छ। प्रदूषण र धुलोका कणका कारण दिनभरिमा शरीरमा फोहोर जम्मा भएका हुन्छन्। यदि तपाईँले सुत्नुभन्दा पहिले नुहाउनुभएन भने त्यो फोहोर तपाईँको तन्ना र तकियामा जम्मा हुन्छ।
तपाईँको छाला असाध्यै साना माइक्रोबियल लाइफले भरिएको छ। छालाको कुनै पनि भागलाई ‘जूम’ गरेर हेर्नुभयो भने तपाईँले त्यहाँ १०,००० देखि १० लाख ब्याक्टेरिया देख्नुहुनेछ।
तिनीहरूले तपाईँको पसिना आउने ग्रन्थिबाट निस्केको चिल्लो पदार्थ खान्छन्। पसिना आफैँ दुर्गन्धित हुँदैन तर स्टेफिलोककसजस्ता ब्याक्टेरियाले उत्पादन गर्ने सल्फरस कम्पाउन्ड भने पक्कै पनि दुर्गन्धित हुन्छ।
त्यसैले सुत्नुअघि नुहाउनु बढी स्वच्छ विकल्प जस्तो लाग्न सक्छ। जे होस्, सत्य त्योभन्दा बढी जटिल छ।
यूनिभर्सिटी अफ लेस्टरका माइक्रोबायोलजिस्ट प्रिमरोज फ्रीस्टोन भन्छन्, “राति नुहाउँदा तपाईँ सफा र सफा ओछ्यानमा जानुहुन्छ, तर रातभर पसिना बग्न थाल्छ।”
फ्रीस्टोनका अनुसार चिसो मौसममा पनि मानिसको पसिना आउँछ र ५०,००० वा बढी छालाका कोशिकाहरूमा जम्मा गर्दछ।
“तपाईँ अझै पनि एक प्रकारको पसिना, सूक्ष्म वातावरण सिर्जना गर्न जाँदै हुनुहुन्छ। त्यसलाई तपाईँको छालामा ब्याक्टेरियाले खान्छ र सानो स्तरमा शारीरिक गन्ध उत्पादन गर्छ। त्यसो भए राति नुहाएर सुतेपछि बिहान उठ्दा पनि तपाईँको शरीमा अझै पनि दुर्गन्ध आउँछ,” फ्रीस्टोन भन्छन्।
- बीबीसी
सम्पर्क इमेल : [email protected]







