लोमसद्धारा उत्पादित ब्याच नं ‘सीटी-२७२३’ सेटोफेन ट्याबलेट न्युन गुणस्तरको पाइयो
बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ, १२ मंसिर । औषधी व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिबाट उत्पादित प्यारासिटामोल ट्यावलेट सेटोफेन (ब्याच नं सीटी २७२३) बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
विभागले उक्त व्याच नंको औषधी परीक्षणका क्रममा न्युन गुणस्तरको पाइएको भन्दै औषधी ऐन २०३५ को दफा १४ बमोजिम विक्री बितरण रोक्का गरि बजारबाट फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको हो ।
यो व्याचको औषधीको उत्पादन मिति सन् २०२३ को जुन महिना रहेको छ । म्याद गुज्रने मिति २०२६ को मे महिना लेखिएको छ ।
विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्ने चलन छ ।
‘त्यहाँ गुणस्तर जाँच गर्दा कमि देखियो भने विभागले बजारबाट फिर्ता गर्न सूचना जारी गर्ने गर्दछ । तर कतिपय औषधीहरुको परीक्षण र त्यसको नतिजा आउने समय निकै ढिलाई हुँदा त्यसबाट जनतालाई असर परेको त छैन भन्ने प्रश्न समेत उठ्ने गरेको छ ।
यसपटक विभागले न्युन गुणस्तरको भनेको व्याँचको औषधीको म्याद गुज्रने अवधी पुग नपुग छ महिना मात्रै छ । सो औषधी यसअघि अढाई वर्षसम्म बजारमा निर्वाध रुपमा विक्री बितरण हुँदै आएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनुगमनका क्रममा बजारबाट विभिन्न कम्पनीका औषधीहरु ल्याइने र त्यसको परीक्षणका क्रममा मापदण्ड नपुगेका औषधीहरुको व्याचलाई सूचना जारी गर्दै रिकलका लागि आव्हान गर्ने बताए । उनले बजारमा गएका औषधीको कुनै कुनै ब्याचको स्याम्पल लिएर परीक्षण गराईने भएकोले कहिलेकाँही पत्ता लाग्न ढिलाई हुने समेत जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

