काठमाडौँ महानगरले ८ पटक गर्भ जाँच गरेका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्ने

काठमाडौँ, ११ मंसिर । काठमाडौँ महानगरपालिकाले ८ पटक गर्भ जाँच गरेका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ ।
महानगरको स्वास्थ्य विभागले बुधबार एक सुचना जारी गर्दै प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराएका गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा गर्ने जनाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रममा प्रोटोकलअनुसार ८ पटक गर्भ जाँच गराउने महिलाहरूलाई स्वास्थ्य बीमामा निःशुल्क आबद्ध गराउने नीतिअनुसार निःशुल्क स्वास्थ्य बीमा गर्न लागेको विभागले जनाएके छ ।
आफूलाई पायक पर्ने नजिकका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गर्भ जाँच गरी निःशुल्क स्वास्थ्य बीमा सेवा लिन महानगरले आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

