क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि बिक्री वितरण नगर्न निर्देशन

काठमाडौँ, ११ मंसिर । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधि बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।
बुधवार एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त बच नं का औषधी बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो ।
उक्त ब्याज नम्बरको औषधिलाई सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न पनि विभागले सबैमा आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

