पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा भेटिए
काठमाडौँ, ७ मंसिर । पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा भेटिएका छन् । नयाँ बानेश्वरस्थित रेडियो अडियोको स्टेशन भएको घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
रेडियो अडियो खनियाँको आफ्नै लगानीमा सञ्चालित एफएम हो । रेडियो अडियोमा उनको कार्यक्रम ‘खुल्दुली डटकम’ लोकप्रिय थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा खनियाँको मृत शरीर भेटिएको थियो ।
प्रहरीले अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।
खनियाँको श्रीमती र एक छोरी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

