किष्ट शिक्षण अस्पताल र मेदान्त अस्पतालबीच सेवा विस्तारका लागि द्विपक्षीय सहकार्य सम्झौता

24
Shares

काठमाडौँ, ६ मंसिर । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग औपचारिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ।

शुक्रबार ललितपुर स्थित हिमालय होटेलमा मेदान्त अस्पतालका प्रतिनिधी तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितीमा सम्झौतामा हस्ताक्षर भएको हो ।

किष्टले हालै मात्र अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच प्राप्त गरेको थियो । एनएबिएच मान्यता प्राप्त गरेको एक वर्षभित्रै किष्टले अन्तर्राष्ट्रियस्तरको यो साझेदारी सुरू गरेको हो।

सम्झौता पश्चात दुवै अस्पतालबीच चिकित्सकीय तथा शल्य उपचार सहकार्यमा उत्कृष्टता को ढाँचामा प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुनेछ।

यस सम्झौताबाट किष्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र फलोअप सेवा नेपालमै सहज हुने अपेक्षा गरिएको किष्ट अस्पतालका अस्पताल निर्देशक प्राडा सुरज बज्राचार्यले बताए ।

सहकार्यले मुटु शल्यक्रिया, बोनम्यारो प्रत्यारोपण, रेडिएसन अंकोलोजी, स्पेश्यालिटी सर्भिसहरुको क्षमतामा वृद्धि गर्नेछ भने चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदानप्रदानका अवसर पनि उपलब्ध हुने बताइएको छ ।

दुवै संस्थाबीच टेलि मेडिसिन सेवा प्रणाली जडान गरिनेछ भने गम्भीर अवस्थाका बिरामीका लागि एयर एम्बुलेन्स सेवा मार्फत मार्फत रेफरल र उपचार प्रक्रिया सहज हुनेछ।

किष्ट शिक्षण अस्पताल एक मल्टी डिसिप्लिनरी टर्सरी केयर सेन्टर हो । यस्तै मेदान्त भारतको मल्टी सुपर स्पेश्यालिटी इन्टरनेशनल हेल्थ केयर इन्स्टिच्युसनको रुपमा परिचत छ । दुई स्वास्थ्य संस्थाबीचको सहकार्यलाई ‘किष्ट मेदान्त हेल्थ पार्टनरसीप’ नाम दिइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *