नेपाल मेडिकल काउन्सिल निर्वाचन : उपाध्यक्षमा उम्मेद्धारी दिएका डा. खत्रीले लिए नाम फिर्ता

220
Shares

काठमाडौँ, ४ मंसिर । आगामी पुस महिनामा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेद्धारी दिएका डा कालुसिंह खत्रीले नाम फिर्ता लिएका छन् । बिहीबार (आज) अपरान्ह ४ बजेसम्म तोकिएको नाम फिर्ता लिने समयमा उनले उम्मेद्धारी फिर्ता लिएका हुन् ।

यो संगै एक उपाध्यक्ष पदमा अब तीन जनाबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षका तीन उम्मेद्धारमा डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापा रहेका छन् ।

यस्तै आठ सदस्यका लागि परेको ३३ जनाको उम्मेद्धारी भने कायम नै रहेको छ ।

कसैले नाम फिर्ता नलिएपछि ३३ जनाकै उम्मेद्धारी कामय भएको हो ।

सदस्यहरु तर्फ डा प्रमोदकुमार साह, डा नीना राई, डा दिनेशकुमार विक, डा बुद्धि प्रसाद भण्डारी, डा दीपेन्द्र पाण्डे, डा विजय बिक्रम बम, डा प्राची बोगटी, डा हरिप्रसाद रिजाल डा निशास भुर्त्याल, डा अस्मिता पोखरेल र डा प्रदीपक कुमार रोय रहेका छन् ।

यस्तै डा कुम्भराज जोशी, डा ध्रुबनारायण साह, डा दिनेश दर्नाल, डा अरुणकुमार महत, डा कुन्दन शेखर शर्मा, डा उज्वल ठाकुर, डा दीपेश पौडेल, डा उत्तरकुमार गौतम, डा सारिका गोइत, डा सम्राट पराजुली र डा योभिनकुमार यादव रहेका छन् ।

यस्तै डा सरोजकुमार गोहीवार, डा बुद्धिनाथ साह, डा सरस्वति भट्टराई, डा छविलाल पन्थी, डा रविन बस्नेत, डा सरोजकुमार साह, डा प्रकाश सिंह, डा राम थापा क्षेत्री, डा बुद्धिमान तामाङ, डा दिक्षान्त आचार्य र डा घनश्याम पाण्डे रहेका छन् ।

काउन्सिलले यो निर्वाचन काठमाडौँ उपत्यका बाहिर पुसको ५ र ६ गते तथा काठमाडौँ उपत्यका भित्र पुसको ११ र १२ गते गर्ने तयारीमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *