डेढ लाख डलरमा डब्लुएचओले बनाईदियो स्वास्थ्य मन्त्रालयका लागि ‘प्रिफ्याव ब्लक’

गर्‍यो हस्तान्तर, आइतबारबाट कार्यारम्भ गर्ने तयारी
168
Shares

काठमाडौँ, ३ मंसिर ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिंहदरबारस्थित नरसिंह दल गण परिसरको खाली जग्गामा बनाएको छ वटा ‘प्रिफ्याव ब्लक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

डब्लुएचओका प्रतिनिधिले स्वास्थ्य तथा जसंख्या मन्त्री डा सुधा गौतम शर्मालाई आज प्रिफ्याव ब्लक हस्तान्तरण गरेका हुन् । डब्लुएचओले १ लाख ५० हजार अमेरिकी डलरमा छ वटा ब्लक तथा त्यसका लागि आवश्यक फर्निचरहरु तयार गरिदिएको हो ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिएपछि रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर ध्वस्त भएको थियो । अहिले मन्त्रालयले पछाडी पट्टीको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवन प्रयोग गरेर दैनिक कार्य सञ्चालन गर्दैछ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज भवन हस्तान्तरण भएको र आगामी आइतबार देखि औपचारिक रुपमा सिंहदरबारबाट स्वास्थ्य मन्त्रालयको कार्यारम्भ हुने जानकारी दिए ।

छ वटा प्रिफ्याव भवन र एउटा टिनको छानो भएको टहरोलाई रङ रोगन गरेर तयार पारिएको छ । त्यहाँ मन्त्री शर्माको कार्यकक्ष तथा सचिवालय राखिने बताइएको छ ।

यस्तै गणका अरु दुईवटा पुराना भवन पनि मन्त्रालयले बिस्तारै प्रयोगमा ल्याउने योजना बनेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *