विभागका महानिर्देशक ढकाललाई औषधी व्यवसायीको संयुक्त संघर्ष समितिले बुझायो ज्ञापन पत्र

56
Shares

काठमाडौँ, ३ मंसिर । औषधी ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई पूर्ण संशोधन र उपदफा ५ को खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका औषधी व्यवसायीहरुले मंगलबार औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसंग भेटगरी ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा उनीहरुले राज्यका तर्फबाट तत्काल गरिनुपर्ने छ बुँदे माग समेत अघि सारेका छन् ।

नेपाल औषधी व्यवसायी संघ, नेपाल आयुर्वेद औषधी व्यवसायी संघ र नेपाल पशुपक्षी औषधी व्यवसायी संघले गठन गरेको संयुक्त रुपमा संघर्ष समितिमार्फतका तर्फबाट माग अघि सार्दै विभागका महानिर्देशक ढकाललाई ज्ञापन पत्र बुझाइएको हो । महानिर्देशन ढकाललाई संघर्ष समितिका संयोजक रहेका नेपाल औषधी व्यवसायी संघका महासचिव श्रीधर खनालले सो ज्ञापन पत्र बुझाएका थिए । त्यसअघि संघर्ष समितिका सदस्य सचिव शुभमान श्रेष्ठले मागबारेमा जानकारी गराएका थिए । ज्ञापन पत्रमा व्यवसायीले माग पुरा गर्न नौ दिनको समय सिमा दिदै ११ मंसिरसम्म पुरा नभए थप आन्दोलनका कार्यक्रमका साथ अघि बढ्ने चेतावनी दिएका थिए ।

महानिर्देशक ढकालले व्यवसायीका मागका विषयमा सम्वन्धित क्षेत्रमा जानकारी गराउने प्रतिवद्धता जनाएका थिए ।

हेर्नुहोस ज्ञापन पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *