बुधबार सिंहदरबार भित्र सर्ने दिन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ, २ मंसिर । रामशाहपथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार (भोली) सिंहदरबार भित्र सर्ने भएको छ । सिंहदरबार भित्र केही प्रिफ्याव भवनहरु तयार भइसकेकोले बुधबार नै मन्त्रालयले घर सर्ने दिन गर्न लागेको हो ।
‘मन्त्री ज्यू, सचिव ज्यूहरुका कोठाहरु तयार भएका छन्, त्यसैले बुधबार घर सर्ने सुरुवात हुन्छ । त्यसपछि विस्तारै अरु महाशाखा तथा शाखाहरु सर्दै जानेछन्,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
जेन जी आन्दोलनका क्रममा गत २४ भदौका दिन स्वास्थ्य मन्त्रालयमा आगलागी भएको थियो । मुख्य भवन जलेर पूर्ण रुपमा ध्वस्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछाडीपट्टी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा शरण लिन पुगेको थियो ।
अहिले सिंहदरबार परिसर भित्र रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा छ वटा प्रिफ्याव भवन बनिरहेको छ ।
फ्रिफ्याव भवनका लागि विश्व स्वास्थ्य संगठनले आर्थिक सहयोग गरेको बताइएको छ । यस्तै गणका केही पुराना भवनहरु पनि मन्त्रालयको काममा प्रयोगमा ल्याइने प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
