पदबाट राजिनामा दिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. बाराकोटीको मन्त्रालयद्धारा विदाई

काठमाडौँ, २६ कात्तिक । गत शुक्रबार पदबाट राजिनामा दिएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदाई गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माको उपस्थितिमा आज दिउसो मन्त्रालयमा एक कार्यक्रम गरि उनको विदाई गरिएको हो ।
विभागको महानिर्देशक रहेका अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत १२ औँ तह) डा बाराकोटीले गत आइतबारबाट लागू हुने गरी गत शुक्रबार पदबाट राजिनामा दिएका थिए ।
उनले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै दिएको राजिनामा गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ ।
डा. बाराकोटीले गत फागुनमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए। उनले करिब नौ महिना विभागमा महानिर्देशकको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
विदाई कार्यक्रममा स्वास्थ्य सचिवद्धय डा विकास देवकोटा र डिल्ली आचार्य, अतिरिक्त सचिवद्धय डा श्रीकृष्ण श्रेष्ठसहित मन्त्रालयका विभिन्न महाशाखा प्रमुख, तथा अन्य कर्मचारीहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 