अस्पतालमा मेसिन-रिएजेन्ट : ‘निशुल्क लिन्छन् तर चलाउन अर्को किन्छन्’

248
Shares

काठमाडौँ, २३ कात्तिक । गतवर्ष स्वास्थ्य सेवा विभागले गतवर्ष संघीय देखि जिल्ला अस्पतालहरु सम्मलाई रगत जाँच गर्ने हेपाटोलोजी मेसिन खरीद गरेर पठाएको थियो । अस्पतालहरुले मेसिनसंगै त्यसमा प्रयोग हुने रिएजेन्ट पनि निश्चित अवधीलाई पुग्ने गरी विभागबाट निशुल्क पाएका थिए ।

सरकारी अस्पतालहरुको मागको आधारमा विभागले हरेक वर्ष मेसिन तथा रिएजेन्ट खरीद गरि पठाउने गर्दथ्यो । यसले अस्पतालहरुलाई मेसिन र रिएजेन्टका लागि छुट्याउनु पर्ने बजेट पुरा रहन्थ्यो पनि ।

यसको प्रत्यक्ष फाइदा आम सर्वसाधारणले लिन सक्दथे । तर अचेल अस्पतालहरु बाठा भएका छन् । विभागबाट निशुल्क पाएको मेसिन लिए पनि चलाउनका लागि उनीहरुले आफैले अर्को मेसिन खरीद गर्दछन् । यसले आफू अनुकुल रिएजेन्टको पनि खरीद गर्ने मौका उनीहरुलाई मिल्ने अधिकारीहरु बताउँछन् ।

‘वीर देखि सिभिल सम्म, भरतपुर देखि टिकापुरसम्मका अस्पतालहरुमा विभागले उपलव्ध गराएका मेसिनहरु जडान त भएका छन् तर काम हुँदैनन् । काम गर्नका लागि उनीहरु आफैले छुट्टै मेसिन खरीद गरेका हुँदा रहेछन् । आफैले खरीद गरेका मेसिनका लागि मिल्ने छुट्टै रिएजेन्ट खरीद गर्न मिल्दो रहेछ । सायद आफैले रिएजेन्ट खरीद गर्नका लागि यस्तो गरिएको हो कि ?’  विभागका एक अधिकारीले भने ।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा भने विभागका अधिकारीहरुको बुझाई प्रति पूर्ण रुमपा असहमति प्रकट गरेका छन् । ‘विभागले हामीलाई मेसिन दिएर ठूलो राहात भएको छ । हामी धन्यवाद पनि भन्न चाहन्छौँ । त्यहाँबाट आएका सबै मेसिनहरु पूर्ण रुपमा चलेका छन् ।’

अर्का एक अस्पतालका निर्देशकले कतिपय अवस्थामा विभागबाट प्राप्त मेसिनले मात्रै काम पुरा हुन नसक्दा अर्को बैकल्पिक मेसिन पनि राखिने गरेको र आलोपालो जस्तो गरी चलाउने गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *