नयाँ नियुक्ती र बढुवा भएका सहकर्मीहरुलाई सम्मान गर्दे नेफा लुम्बिनीद्धारा जनस्वास्थ्यका विविध विषयमा छलफल

116
Shares

काठमाडौँ, २३ कात्तिक । नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले नेपाल जनस्वास्थ्य संघ (नेफा) लुम्बिनी प्रदेशले प्रदेश निजामति सेवा अन्तर्गत जनस्वास्थ्यका विभिन्न पदहरुमा नयाँ नियुक्ती पाएका र बढुवा भएका सहकर्मीहरुलाई सम्मान गरेको छ ।

नेफा लुम्बिनीका अध्यक्ष सरोज रिमालको अध्यक्षतामा भएको सो कार्यक्रममा जनस्वास्थ्यमा गर्नुपर्ने नीतिगत सुधारका विविध विषयमा छलफल समेत गरेको छ ।

‘प्रदेश निजामति सेवाबाट जनस्वास्थ्य प्रशासक, स्वास्थ्य प्रशासक, फार्मेसी अधिकृत तथा तथ्यांक अधिकृतमा नियुक्ती तथा बढुवा भएका सहकर्मीहरुसंग बधाई तथा सम्मान दिने कार्यक्रम गरिएको हो,’ नेफाल लुम्बिनीका सचिव नरेश श्रेष्ठले भने, सोही अवसर पारेर जनस्वास्थ्यका विभिन्न विषयमा छलफलको आयोजना गरि महत्वपूर्ण विषयमा निर्णय समेत भएको छ ।’

उनका अनुसार नयाँ नियुक्ती तथा बढुवा भएर आएका जनस्वास्थ्य प्रशासक नेत्र अर्याल, जनस्वास्थ्य प्रशासक उमा देबी थापा, जनस्वास्थ्य अधिकृत पुष्पा थापा जनस्वास्थ्य प्रशासक गौरव ढकाल नारायण चौधरी तथ्याकं अधिकृत मानबहादुर लगायतलाई सम्मान गरिएको थियो ।

त्यसपछि जनस्वास्थ्यसंग सम्बन्धित समयसामयिक विषयमा छलफल भएको हो । सचिव श्रेष्ठका अनुसार छलफलमा लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गतकाका स्वास्थ्य कार्यालय, अस्पताल तथा आयुर्बेद स्वास्थ्य केन्द्रहरुको संगठन संरचना तथा हुँदैं गरेको संगठन संरचना सर्भेक्षणमा रहनुपर्ने कार्यालय र पदहरुबारे लुम्बिनी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई दिने सुझाव सम्बन्धमा छलफल भएको थियो ।

यस्तै स्वास्थ्य मन्त्रालय अन्तरगतका कार्यालयमा रहेका जनशक्तीहरुको कार्य जिम्मेवारी नभई सकेको सम्बन्धमा सो तयारीका लागि विभागीय मन्त्री तथा सचिवलाई ध्यानाकर्षण गराउने निस्कर्ष समेत निकालिएको छ ।

यसैगरी रुपन्देही, बाँके , दाङ्ग जस्ता मेडिकल कलेज र निजी स्वास्थ्य संस्था रहेका ठूला जिल्लाहरुमा ११ औ तहको दरबन्दी राख्ने र मेडिकल हब रहेका रुपन्देही, बाँके , दाङ्ग लगायतका जिल्लामा मेडिकल कलेज र निजी स्वास्थ्य रहेका ठूला जिल्लाहरुमा स्वास्थ्य कार्यालयका दोस्रो व्यक्ति जनस्वास्थ्य प्रशासक वा जनस्वास्थ्य अधिकृतलाई प्राईभेट मेडिकल कलेज तथा अस्पतालहरुको नियमन तथा अनुगमनको फोकल पर्सनको जिम्मेवारी तोक्न स्वास्थ्य मन्त्री तथा सचिव समक्ष अनुरोध गर्ने समेत निर्णय भएको छ ।

यसैगरी स्थानीय तहहरुमा जनस्वास्थ्य अधिकृतहरुको लोकसेवाबाट पदपूर्ति गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय र लुम्बिनी प्रदेशका ३२ नगरपालिका र ४ उपमहानगरपालिकामा समन्वय र पैरवी गर्ने, स्वास्थ्य कार्यालय प्रमुखहरुलाई त्यस विषयमा अनुरोध गर्ने विषयमा समेत निर्णय भएको बताइएको छ ।

सहभागीहरूले प्रदेश स्तरमा जनस्वास्थ्य सेवा सुदृढीकरणका लागि सहकार्य, दक्ष जनशक्ति अभिवृद्धि र नीति–व्यवहार बीचको अन्तर घटाउने विषयमा सुझावहरू प्रस्तुत गर्नु भएको नेफा लुम्बिनीका सचिब श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेफाका सल्लाहकार तथा स्वास्थ्य कार्यालय अर्घाखाँची प्रमुख कृष्ण प्रसाद पोख्रेल तथा प्रदेश आपुर्ति केन्द्रका निर्देशक डा राजेन्द्र गिरी, स्वास्थ्य मन्त्रालय लुम्बिनीका प्रबक्ता नोदनारायण चौधरी जनस्वास्थ्य प्रयोगशाला का निर्देशक राजेश गुप्ता लगायका लुम्बिनी प्रदेशका १२ जिल्लाका कार्यालय प्रमुख निर्देशनालयका स्वास्थ्य प्रशासक जनस्वास्थ्य अधिकृत तथा पदाधिकारी विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरू र सरोकारवालाहरुको सहभागिता रहेको थियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *