मधेश प्रदेशमा पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै
जनकपुर, २१ कात्तिक । मधेश प्रदेशमा पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बिहीबारबाट सुरु भएको यो कार्यक्रम आजसम्म जारी रहने छ ।
कार्यक्रमको शुभारम्भ गर्ने क्रममा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख सरोजचन्द्र न्यौपानेले बिहीबार जनकपुरधाम उपमहानगरपलिका २३ स्थित विन्धी स्वास्थ्य चौकीमा गएर बालबालिकालाई भिटामिन ‘ए’ जुकाको औषधी खुवाएका थिए ।
वडा नं २३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका स्वास्थ्य कार्यालय प्रमुख उमेशकुमार यादव र पोषण फोलक पर्सन विनोद यावद सहभागी थिए ।
सरकारले बिहीबार र शुक्रबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याम्प्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोही बेला ६ देखि २३ महिनासम्मका बालबालिकालाई बालभिटासमेत खुवाईने बताएको छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
