डेंगी संक्रमितको संख्या ७ हजार नाघ्यो, ६ जनाको मृत्यु

28
Shares

काठमाडौँ, १७ कात्तिक । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ७ हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ७ हजार ७५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ७ सय ७५ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा १ हजार ७ सय ६३, लुम्बिनीमा १ हजार १ सय ६९, कोशीमा ९ सय ९३, सुदूरपश्चिममा ७ सय ८८, कर्णालीमा ५ सय र मधेशमा १ सय ४७ जनामा डेंगी पुष्टि भएको ईडिसिडीले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा २४ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमण हालसम्म ७५ जिल्लामा देखिएको छ । डोल्पा र मनाङ २जिल्लामा भने संक्रमण पुष्टि नभएको ईडिसिडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *