जीपी डाक्टरहरुको एसोसिएसनमा नयाँ कार्यसमिति, अध्यक्षमा आए डा. विश्वराज दवाडी

116
Shares

काठमाडौँ, १५ कात्तिक । आगामी तीन वर्षका लागि डा. विश्वराज दवाडीको अध्यक्षतामा जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएशन अफ नेपाल (जीपीम्यान)को नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

सर्वसम्मत रूपमा निर्वाचित भएको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थ मान श्रेष्ठ र महासचिवमा डा. विकास गौचन निर्वाचित भएका छन् । यस्तै सह–सचिवमा डा. सन्तोष बास्तोला, कोषाध्यक्षमा डा. सञ्जय कुमार गुप्ता, तथा सह–कोषाध्यक्षमा डा. आरती शाह निर्वाचित भएका छन्।

यसैगरी डा. ऐषणा जोशी, डा. दयाराम लम्साल, डा. दिपेन्द्र तिमिल्सिना, र डा. राजीवराज थपलिया कार्यसमिति सदस्यका रूपमा सर्वसम्मत चयन भएका छन्।

निर्वाचन समितिले सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिंदै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ। समितिले संस्थाको एकता, पेशागत उन्नति र आपतकालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *