पाकिस्तानमा पहिलो पटक एक महिलाको कर्नियाले दुई सैनिकको दृष्टि पुर्नस्थापित

8
Shares

इस्लामावाद । पाकिस्तानमा पहिलो पटक मृत्यु भएकी एक महिलाको आँखाको कर्निया दृष्टि गुमाएका दुई व्यक्तिमा सफल प्रत्यारोपण भएको छ ।

देशमै पहिलो पटक महिला दाताबाट प्राप्त कर्निया आतंकवाद विरोधी अभियानको क्रममा दृष्टि गुमाएका दुई सैनिकहरुलाई सफल प्रत्यारोपण गरि उनीहरुको दृष्टि पुर्नस्थापित भएको बताइएको छ ।

यो प्रत्यारोपण पाकिस्तानको ‘आर्म्ड फोर्सेस इन्स्टिट्युट अफ अफ्थाल्मोलोजी’मा गरिएको हो।

कर्निया दान गर्ने व्यक्ति पाकिस्तानका अवकाशप्राप्त मेजर जनरल जफर मेहदी अस्करीकी स्वर्गीय श्रीमती थिइन्, जसको इच्छाअनुसार उनको आँखाको कर्निया दान गरिएको हो।

सोही कर्निया पाकिस्तान सेनाका विशेषज्ञ शल्य चिकित्सकहरूले ३० वर्षीय सिपाही अलीउल्लाह र २६ वर्षीय सिपाही फलक शेरमा प्रत्यारोपण गरेका हुन् । सफलतापूर्वक भएको सो प्रत्यारोपणले सैनिकद्धयको दृष्टि पुनर्स्थापित भएको छ ।

‘यो उपलब्धि पाकिस्तानको चिकित्सा क्षेत्रमा एक महत्वपूर्ण कदम हो र देशमा अंग दानको बढ्दो सम्भावनालाई पनि यसले अघि बढाएको छ,’ दाताकी छोरी, जेहरा मेहदीले आफ्नी आमाको उदारताको कार्यमा गर्व व्यक्त गर्दै भनिन् ।

उनले अगाडी थपिन्, ‘सबैभन्दा ठूलो सम्मान भनेको मेरी आमाको आँखा दुई बहादुर सिपाहीहरूलाई दान गरिएको छ।’

त्यसो त पाकिस्तानमा कर्निया प्रत्यारोपण पहिले देखि नै भइरहेका थिए । तर सो कार्यका लागि कर्निया दान गर्ने अहिलेसम्म महिला दाता भने थिएनन् ।

पाकिस्तानमा दृष्टि पुनर्स्थापित गर्नको अग्रणी शल्यक्रिया प्रक्रियालाई ऐतिहासिक र प्रशंसनीय चिकित्सा उपलब्धिको रूपमा स्वागत गरिएको छ।

यद्यपि, विज्ञहरूले सामाजिक गलत धारणाका कारण देशमा अंग दानको अभावको बारेमा चेतावनी दिइरहेका छन्।

पाकिस्तानमा, प्रत्यारोपणका लागि अंगहरूको उपलव्धता नहुँदा हरेक दिन १० देखि १५ जनाको मृत्यु हुने बताइएको छ । जुन संख्या संयुक्त राज्य अमेरिकामा २० सम्म पुग्छ।

बढ्दो संकटलाई सम्बोधन गर्न जेनोट्रान्सप्लान्टेशन (जनावर देखि मानव अंग स्थानान्तरण) को सम्भावनाको अन्वेषण गर्दै चिकित्सा क्षेत्रका विज्ञहरुले जीवित र मरणोपरान्त दुवै दानलाई प्रवर्द्धन गर्न तत्काल सुधारहरूको लागि आह्वान गरेका छन्।

अंग विफलताबाट पीडित बिरामीहरूको बढ्दो संख्याको बावजुद, सांस्कृतिक निषेध र धार्मिक हिचकिचाहटले धेरै पाकिस्तानीहरूलाई अंग दान गर्नबाट रोकिरहेको छ । जसले गर्दा हजारौंलाई जीवनको दोस्रो मौकाको लागि पर्खनु परेको छ र प्रायः मर्नु परेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *