बाग्मती प्रदेशका दर्जन बढी जनस्वास्थ्य कार्यालय प्रमुख र अस्पताल प्रमुख फेरिए, को कहाँ ?

काठमाडौँ, १२ कात्तिक । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका केही जनस्वास्थ्य कार्यालय प्रमुख र अस्पताल प्रमुखहरुको सरुवा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले तिहार विदा अघि नै उनीहरुको सरुवा गरेको हो ।
स्वास्थ्य मन्त्रालयका उपसचिव कुमार पोखरेलका अनुसार जनस्वास्थ्य कार्यालय ललितपुरमा हाल स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालको सरुवा भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरमा प्रमुखको रुपमा रहेका डा. भुवन पौडेलको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा काजमा लगिएको छ ।
यसैगरी स्वास्थ्य निर्देशनालयबाट अर्जुन पौडेलको सरुवा धादिङ जनस्वास्थ्य कार्यालयमा भएको छ । यसअघि धादिङमा आठौँ तहका जितेन्द्रकुमार शाह थिए । उनलाई स्वास्थ्य मन्त्रालय हेटौँडा सरुवा गरिएको छ ।
यस्तै जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारीका लागि स्वास्थ्य मन्त्रालयबाट किरण श्रेष्ठलाई पठाइएको छ । जनस्वास्थ्य कार्यालय चितवनमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेको सरुवा भएको छ ।
यसअघि चितवनमा दिनेश रुपाखेती प्रमुख थिए । उनलाई सरुवा गरेर प्रदेश स्वास्थ्य निर्देशनालय दरबन्दी राखेर मन्त्रालयमा काजमा ल्याइएको छ । दोलखामा केही समय अघि पठाएको दिलेन्द्र मगरलाई यथावत गरिएको छ ।
अस्पतालहरुमा कहाँ कहाँ सरुवा भयो ?
उपसचिव पोखरेलका अनुसार रत्ननगर चितवनमा रहेको बकुलहर अस्पतालमा यसअघि बज्रबाराही अस्पतालमा प्रमुख रहेका डा. अंकुर पौडेललाई सरुवा गरिएको छ ।त्यहाँका प्रमुखले छात्रबृत्तिमा नाम निकालेर अध्ययन विदामा जाने भएपछि त्यहाँ नयाँ प्रमुख पठाइएको हो ।
बज्रबाराही अस्पतालको प्रमुखमा दोलखाबाट डा लक्ष्मण खड्कालाई पठाइएको छ ।
यस्तै रसुवा अस्पतालमा प्रमुख रहेका डा. अच्युत पौडेलको दोलखा सरुवा भएको छ ।
धादिङ अस्पतालका मेसु डा गगन अधिकारीले पनि छात्रबृत्तिमा नाम निकालेर अध्ययनमा निस्कने भएपछि त्यहाँ मेथिनकोट अस्पताल काभ्रेका डा. त्रिभुवन चन्द्र झालाई पठाइएको छ ।
रसुवामा रामेछापबाट डा. अमित साहलाई निमित्त दिएर पठाइएको छ । रामेछापमा भने डा. सागर जर्घामगरलाई निमित्त प्रमुखको जिम्मेवारी दिने निर्णय भएको छ ।
यस्तै मेथिनकोटमा त्यहिकै डा. रामशरण श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिने निर्णय भएको छ । यस्तै काठमाडौँको टोखा चण्डेश्वरीमा डा. नविन दर्नाललाई पठाइएको छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
