डा. सुधा शर्मा स्वास्थ्य मन्त्री भए पछिको पहिलो एसएमटी मिटिङ, गर्‍यो तीन बुँदे निर्णय

612
Shares

काठमाडौँ, १२ कात्तिक । डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री भएपछिको पहिलो सिनियर म्यानेजमेन्ट टीम(एमएमटी) मिटिङ मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न भएको छ । मन्त्री डा. शर्माको उपस्थितिमा भएको सो मिटिङले तीन बुँदे निर्णय गरेको छ ।

उक्त मिटिङले केही नीतिगत निर्णय, केही तत्कालका गर्न सकिने कार्य र काममा पारदर्शीता प्रस्तुत हुने गरी काम गर्ने निर्णय गरेको छ ।

तीन बुँदे निर्णयमा के के परे ?
१.  यस मन्त्रालय तथा मातहतका विभाग, केन्द्र र महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना बमोजिम स्वास्थ्य क्षेत्रगत सुधार गर्न आफूसंग सम्बन्धित कार्यक्रमहरुको कार्ययोजना सहित अल्पकालीनरतत्कालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरुवात हुने) र दीर्घकालीन (सुदूर भविष्यमा प्रभाव पार्ने) सूची मिति २०८२।०७।१२ गते कार्यालय समयभित्र यस मन्त्रालयमा आईपुग्ने गरी पेश गर्ने र सोको सङ्कलन गरी नीति, योजना तथा अनुगमन महाशाखाले एकिकृत गरी मिति २०८२।०७।१३ गते प्रस्तुत गर्ने।

२. यस मन्त्रालय मातहतका विभाग तथा संघीय अस्पतालहरुबाट हुने सार्वजानिक खरिद प्रकृया, औषधी दर्ता प्रकृयालाई अत्यन्तै पारदर्शी बनाई सम्बन्धित निकायले आफ्नो कार्यक्षेत्र अनुसार पूर्ण जिम्मेवारी एवं जवाफदेहिताका साथ कार्यान्वयन गर्ने साथै आफ्नो निकायबाट सम्पादन हुने कार्यहरुको बारेमा आउने गुनासाहरुको तत्काल सम्बोधन गर्ने।

३. मन्त्रालयले देहायका विषयहरुमा संघीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायहरुको सहभागितार समन्वयमा छलफल एवं सहजीकरणका लागि सानो टोली सातै प्रदेशमा खटाउने।
देहायः
–  हालै नर्सिङ्ग कर्मचारी लगायतका तलब तथा सुविधा सम्बन्धी विषयमा भएको विरोध प्रदर्शन
–  जेन–जी घाइतेहरूको वर्गीकरण
– जेन–जी क्लिनिक सञ्चालनको अवस्था
–  N-JAR तयारी
–  मनोसामाजिक परामर्श सेवा सञ्चालन ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिवहरु, महाशाखा प्रमुखहरु , तीनवटै विभागका महानिर्देशकहरु, महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *