किष्ट मेडिकल कलेजमा भएको तोडफोड र आक्रमणप्रति नेपाल चिकित्सक संघको आपत्ति

32
Shares

काठमाडौँ, ११ कात्तिक । नेपाल चिकित्सक संघले इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सुत्केरी गराउने क्रममा गत ८ कात्तिकका दिन खोटाङको हलेसी तुवाचुङ नगरपालिका(९ की ३४ वर्षीया मिनाश्री राई को मृत्यु भएपछि परिवार तथा आफन्त बताउने व्यक्तिहरुको समूहले सोमबार अस्पताल तोडफोड र त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

संघका महासचिव डा सञ्जीव तिवारीले सोमबार राती विज्ञप्ती जारी गर्दै उपचारको क्रममा लापरवाही भएको शंका लागेमा कानूनी प्रक्रियामा जान सकिने प्रावधान हुँदा हुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर  पुग्ने उल्लेख गरेका छन् ।

संघले सोमबारको घटनालाई अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको अपराधिक कार्यको संज्ञा दिदै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ ( पहिलो संसोधन २०७९) बमोजिम कडा भन्दा कडा कार्वाही गर्न तथा सुरक्षित र भयरहित बातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *