निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुद्धारा ‘किष्ट तोडफोड घटना’को छानविन गरी दोषीमाथि कार्वाहीको माग

60
Shares

काठमाडौँ, ११ कात्तिक । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले इमाडोलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा भएको सांघातिक आक्रमण तथा तोडफोड प्रति भत्सर्ना गरेको छ ।

सुत्केरी मृत्युको विषयलाई लिएर सोमबार सो अस्पतालमा बिरामीका परिवार तथा आफन्त बताउने समूहले तोडफोड र आक्रमणमा उत्रिएका थिए ।

एसोसिएसनले सोमबार राती विज्ञप्ती जारी गरेर उपचारका विषयमा भएका विमतीलार्य विधिसम्मत र कानूनसम्मत रुपमा निरुपण गर्ने अधिकार हुँदा हुँदै अस्पताल जस्तो सम्वेदनशील स्थानमा आक्रमण गर्ने र कार्यस्थलमा रहेका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने नियतका साथ हमला हुनु निन्दनीय विषय भएको जनाएको छ ।

एसोसिएसनले सोमबारको घटनालाई विरामीको आफन्तका नाममा पेशेवर गुण्डाहरु परिचालन गरि अस्पताल र स्वास्थ्यकर्मी माथि क्षति पुरयाउने कस्सित षड्यन्त्र रचिएको प्रष्ट भएको दावी गरेको छ । उसले यस प्रकारको आक्रमण कुनै असन्तुष्टिको स्वभाविक उपजभन्दा पनि नियोजित र प्रायोजित हमला हो भन्ने बुझाई रहेको समेत उल्लेख गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीद्धारा जारी विज्ञप्तीमा यस्तो आतंक र त्रासदीकाबीचमा निजी मेडिकल तथा अस्पतालहरुले सेवा सञ्चालन गर्न नसक्ने भन्दै घटनाको तत्काल छानविन गरी दोशीलाई कडा कार्वाही गर्न माग गरेको छ ।

विज्ञप्तीमा अस्पताल र स्वास्थ्यकर्मीमाथि सांघातिक हमला गर्ने गिरोहलाई तत्काल पक्राउ र कार्वाही नगरेसम्म स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले कार्यस्थलमा रहेर सेवा दिन नसक्ने भन्दै एसोसिएसनले कडा संघर्षमा उत्रिनु पर्न सक्ने चेतावनी दिएको छ ।

उसले यहि अवस्था जारी रहे आफूले दिने सबै सेवा नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने समेत चेतावनी दिएको छ । संगसंगै उसले उपचारमा आंशका रहेमा संयमतापूर्वक कानूनी उपचार खोज्न जोड दिएको छ । उसले सरकारसंग जेल वीद आउट वेलको अवधारणा अनुसार यथाशिघ्र दोशीलाई कार्वाही गर्न समेत माग गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *