नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले लिइन् शपथ
काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री शर्मा र बब्लु गुप्तालाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

शपथलगत्तै मन्त्री शर्माले रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गई पदभार ग्रहण गर्ने छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।
मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये २ जनाको मात्रै शपथ भएको छ । यसअघि सिफारिस भएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनार विवादमा तानिएपछि दुई जनाको शपथ भने रोकिएको छ ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 