डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस

104
Shares

काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

जसमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा डा. सुधा शर्मा गौतमको नाम सिफारिस भएको बताइएको छ ।

डा.शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार पनि सम्हालेकी थिइन् ।

त्यसैगरी खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *