स्वास्थ्य बीमा नवीकरण गर्न बिलम्ब गर्नेहरुलाई थप शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित

84
Shares

काठमाडौँ, ३१ असोज । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरी नवीकरण नगरेका विमित परिवारलाई २०८२ असोज मसान्तसम्म बीमा नगरेमा त्यसपछि अतिरिक्त शुल्क थप्दै जाने व्यवस्था तत्कालका लागि स्थगित भएको जनाएको छ ।

यसअघि बोर्डले ११ भदौमा सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि २०८२ कार्यान्वयन भएको र त्यसमा बीमित परिवारले असोज मसान्तसम्म नवीकरण नगरेमा त्यसपछि थप शुल्क तिर्नुपर्ने भन्दै रकम समेत तोकेको थियो ।

सो अनुसार बीमालेखको म्याद कटेर तीन महिना भित्र नवीकरण गरेमा कार्यक्रम आवद्ध हुँदा लाग्ने योगदान रकमको दश प्रतिशत थप शुल्क लाग्ने, ६ महिना भित्र नवीरकण गरेमा ३० प्रतिशत, छ महिना पछि एक वर्ष भित्रमा भए ५० प्रतिशत, एक वर्ष पछि भए शत प्रतिशत, दुई वर्ष पछि भएमा तीन गुणा बढी र तीन वर्ष पछि भएमा योगदान रकमको चार गुणा बढी तिर्नुपर्ने भनेको थियो ।

बीमा बोर्डले बिहीबार (हिजो) निर्णय गर्दै अर्को सूचना नभएसम्मका लागि कार्यान्वयन नगर्न दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैलाई निर्देशन दिएको छ ।

बोर्डले हालको विकसित परिस्थिति तथा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने समेत उल्लेख गरेको छ ।

यो संगै स्वास्थ्य बीमा गरेर लामो समय देखि नवीकरण नगरेकाहरुले अब गर्दा थप शुल्क तिर्नुपर्ने बाध्यता तत्कालका लागि हटेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *