देशभर ५ हजार ८ सय बढीमा डेंगी संक्रमण, ४ जनाको मृत्यु
काठमाडौँ, २६ असोज । नेपालमा ५ हजार ८ सय बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ५ हजार ८ सय ७४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी, डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय २ जनामा पुष्टि भएको छ । बागमतीमा १ हजार ३ सय ८०, लुम्बिनीमा ९ सय ९१ कोशीमा ८ सय ३ , सुदूरपश्चिममा ६ सय ८४, कर्णालीमा ३ सय ९० र मधेशमा १ सय २४ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा २६ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म मनाङ र डोल्पा २ जिल्ला बाहेक ७५ जिल्लामा डेंगी सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]