रसुवा पुगेर प्रेमसागरले गरे १८४ औँ पटक रक्तदान

16
Shares

काठमाडौँ, २६ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८४औं पटक रक्तदान गरेका छन्।

रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले आफ्नो १८४औं पटक रक्तदान गरेका हुन् । उनी नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता समेत हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी ब्याच २०५६ समूहले संयुक्त रूपमा उक्त रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका गाउँपालिकाले कर्माचार्यलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै कर्माचार्यले भने, “यस सम्मानले रक्तदान अभियानमा अझ बढी सक्रिय भएर काम गर्न प्रेरणा र जिम्मेवारी थपिएको महसुस गरेको छु ।”

हरेक बार्षिक तालीका बनाई तीन तीन महिनामा रक्तदान गर्ने कर्माचार्यले हरेक पटकको रक्तदानहरु विभिन्न जिल्लामा गएर गर्दै आएका छन् ।

उनले आफ्नो प्रत्येक पटकको रक्तदानले बिरामीलाई सहयोग संगै रक्तदानका लागि आम नागरिकमा प्रेरणा जगाउनका लागि प्रयोग गर्दै आएको बताउने गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *