मनमोहन अस्पतालले भन्यो, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ, थप परीक्षण पनि हुँदैछ’
काठमाडौँ, २५ असोज । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
केही वेर अघि छोटो विज्ञप्ती जारी गर्दैै अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको हो ।
‘राष्ट्रपति पौडेल ज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछौँ,’ कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज जेनजी समूहका अगुवाहरुसंग भेटघाट गर्ने क्रममा रहेका राष्ट्रपति पौडेललाई बान्ता हुने तथा असजिलो अवस्था आएपछि उनलाई विहान साढे ११ बजे तिर मनमोहन कार्डियोमा लगिएको थियो ।
सम्पर्क इमेल : [email protected]