माइघीघरबाट पक्राउ परेका डा. निकोलसको मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइयो

परिवारको जिम्मामा सुधार केन्द्र पठाइयो
96
Shares

काठमाडौँ, २३ असोज । बिहीबार दिउँसो माइतीघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका डा निकोलस भुसालले लागू औषध (गाँजा) सेवन गरेको पाइएको छ । प्रहरीले उनलाई परिवारको जिम्मा लगाएर सुधार केन्द्र पठाएको छ ।

आज दिउसो माइतीघरमा पक्राउ परेका भुसालको स्वास्थ्य परीक्षण गर्ने क्रममा मेडिकल रिपोर्टमा उनले लागूऔषध ९गाँजा० सेवन गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
त्यसो त भुसालले बेला बेलामा गाँजा सेवनलाई खुल्ला गर्नु पर्छ भन्दै आउने गरेका पनि छन् । उनी गतवर्ष पनि पक्राउ पर्दा गाँजा सेवन गरेको भेटिएको थियो ।

‘उहाँको एक वर्ष अघि पक्राउ पर्दा पनि यही रिपोर्ट आएको थियो । आज पनि त्यही आयो,’ उनले भने, ‘हामीले उहाँको दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाएका छौं ।’
डा भुसालले पछिल्लो समय जेनजी आन्दोलनको म्याण्डेड अनुसार सरकार नचलेको र आफूहरुका मागका विषयमा सरकारले चासो नदिएको भन्दै आन्दोलनमा उत्रिनु परेको बताउने गरेका थिए । प्रहरीले भने बिहीबारको लागि प्रदर्शनका लागि माइतीघर उपलव्ध गराउन माग गरेको जेनजी समूहले आन्दोलन फिर्ता लिईसकेको र आज प्रदर्शनमा आएका भुसाल सहितका समूहले अनुमति नलिएको भन्दै प्रदर्शन गर्न रोक लगाएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *