एमआरआई खरीदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जना बिरुद्ध मुद्धा दायर

192
Shares

काठमाडौँ, २३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्राडा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।

अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ ।

प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।

त्यस्तै, मुद्धा दायर गरिएकाहरुमा प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि सी, शाखा अधिकृत श्रीराम चौधरी, आई टी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा लि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।

आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ बमोजिम कैद सजाय, विगो रकम बराबर जरिवाना र बिगो असुलउपर गर्न माग गरेको छ।

साथै, ऐनको दफा १९ र २२ बमोजिम अतिरिक्त सजायसमेत माग गरिएको छ ।

 

यस्तो छ आरोप पत्र:

 

विषय:  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

जिल्ला दाङ, घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगिता भण्डारी समेतले MRI मेसिन कम गुणस्तरको खरिद गरी गराई आर्थिक अनियमितता गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्वन्धमा अनुसन्धान हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गबाट MRI मेसिन खरिदको लागि Supply, Delivery and Installation of Magnetic Resonnance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेकोमा उक्त MRI मेसिन खरिद गर्न प्रचलित सार्वजनिक खरिद ऐन, 2063 र सार्वजनिक खरिद नियमावली, 2064 को प्रतिकुल हुने गरी बदनियत राखी खरिद आवश्यकताको पहिचान एंव खरिद गुरुयोजना नै नबनाई बजेट माग गरी गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरे गराएको देखिएको। सार्वजनिक खरिद ऐन, 2063 को दफा 4 को प्रतिकुल हुने गरी निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरी गराई एकै परिवारबाट संचालन भएको कम्पनीहरुबाट दररेट माग गरी गराई लागत अनुमान तयार गरेको। उक्त प्राविधिक स्पेसिफिकेशन तथा लागत अनुमान स्वीकृत नै नगरी नगराई गोरखापत्रमा IFB No: RAHS/NCB/HE/15/077/078 बाट Supply, Delivery and Installation of Magnetic Resonance Imaging (MRI) System को लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान(NCB) गरे गराएको देखिएको। राष्ट्रियस्तरको बोलपत्र (NCB) मार्फत आह्वान गरेको बोलपत्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रकाशन गरेको नमूना बोलपत्र सम्बन्धी कागजातको प्रतिकूल हुने गरी अन्तर्राष्ट्रियस्तरको बोलपत्र (ICB) को लागि समावेश गर्नुपर्ने समेतका कागजातहरु प्रयोग प्रचलनमा ल्याए ल्याउन लगाएको। सरोकारवाला बोलपत्रदाताहरुसमेतको उपस्थिति बिना बोलपत्र खोल्नु पूर्वको बैठकबाट Lumbini Healthcare Pvt.Ltd ले पेश गरेको प्रस्ताव बमोजिम प्राविधिक स्पेसिफिकेशन संशोधन गरे गराएकोमा उक्त संशोधन पश्चात सार्वजनिक खरिद ऐन, 2063 को दफा 5क. बमोजिम लागत अनुमानमा समेत संशोधन गर्न गराउन पर्नेमा उक्त कानूनी प्रावधान अनुसारको कार्य नगरेको। साथै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५क. को उपदफा () सार्वजनिक खरिद नियमावली, 2064 को नियम 5. को उपनियम (4) समेतको प्रतिकुल हुने गरी काबु बाहिरको विशेष परिस्थिति सृजना नभए नरहेको अवस्थामा समेत पहिले नै स्वीकृत भईसकेको प्राविधिक स्पेसिफिकेशन कानूनले निर्धारण गरेको शर्त र अवस्था विना नै संशोधन गरे गराएको देखिएको। Magnetic Resonnance Imaging (MRI) System को प्राविधिक मूल्याङ्कन गर्दा गराउदासमेत बदनियत राखी CPU clock-pulse rate: ≥4.0GHz हुनुपर्ने भनी स्पेसिफिकेशनमा उल्लेख भएकोमा Processor को कार्यक्षमता १,९०,००,००,००० निर्देशन प्रति सेकेण्ड(९०.४७% कार्यक्षमता घटी) कमी हुने Lumbini Healthcare Pvt Ltd  ले प्रस्ताव गरेको CPU Pulse-rate 2.1 GHz लाई Minor Deviation भनी स्वीकार गरे गराएको, उक्त गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदनसमेतलाई आधार लिई Lumbini Healthcare Pvt.Ltd ले पेश गरेको कबोल अङ्क रु. 11,45,00,000।– (अक्षरेपी एघार करोड पैतालिस लाख) सारभुत रुपमा न्युनतम र प्राविधिक रुपमा प्रभावकारी देखिएको आधार लिई आशयपत्र प्रकाशन गर्ने निर्णय गरे गराएको देखिएको।

राष्ट्रियस्तरको बोलपत्र (NCB) खरिद प्रकृयामा उत्पादक(Manufacture company) United Imaging Healthcare (Malaysia)sdn.bhd को नाममा प्रतितपत्र (Letter Of Credit) खोल्ने निर्णय गरे गराएको, उक्त निर्णय गर्दा गराउदा प्रतिष्ठानबाट आशयपत्र जारी गरिएको फर्म Lumbini Healthcare Pvt.Ltd सँग सम्झौता भएको सम्म पनि देखिदैन। साथै, उक्त प्रतितपत्र (Letter of Credit) को लागि हुने खर्चसमेत प्रतिष्ठानले नै बेहोर्ने र भुक्तानी विनिमय दर अमेरिकी डलरमा (USD) हुने गरी निर्णय गरे गराएको, राष्ट्रियस्तरको बोलपत्र (NCB) मा आपूर्तिकर्ता Lumbini Healthcare Pvt.Ltd ले बोलपत्रमा कवोल गरेको नेपाली रुपैयामा सम्झौता नगरी नगराई सम्झौता गर्नु पूर्व नै बदनियत राखी उत्पादक कम्पनी United Imaging Healthcare (Malaysia)sdn.bhd को नाममा अमेरिकी डलर (USD) मा प्रतितपत्र (Letter of Credit) खोल्ने निर्णय गरेकोमा सोही बदनियतपूर्ण कार्यको निरन्तरता बमोजिम अमेरिकी डलर(USD)मा मूल्य राखी Lumbini Healthcare Pvt.Ltd.र प्रतिष्ठान बिच ठेक्का सम्झौता गरी गराई 1USD=Rs. 119.60 विनियम दर राखी 80% रकम भूक्तानी गरे गराएको देखिएको। यसरी MRI मेशिन खरिदमा ठेक्काको 80% भूक्तानी, प्रतितपत्रमा लागेको शूल्क, भन्सार शूल्कसमेत गरी तपसिल बमोजिमको तालिकामा देखाईए बमोजिम जम्मा रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) भूक्तानी/खर्च भएको देखिएको, उक्त खरिदको लागि Lumbini Healthcare Pvt.Ltd ले कवोल गरेको मुल्य रु.11,45,00,000।– मात्र रहेको देखिएबाट प्रतिवादीहरुको बदनियत पूर्ण कार्यबाट प्रतिष्ठानलाई थप आर्थिक भार रु. 62,60,946।18(अक्षरेपी बैसठ्ठी लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) परेको देखिएको।

तपसिल

सि.नं.विवरणरकम (US$)विनियम दर (रु)भुक्तानी भएको

रकम (रु)

कैफियत
प्रतितपत्र अन्तर्गत कागजातको ८०% रकम७६८,८४४।-११९.६०९,१९,५३,७४२।४०NCB ठेक्कामा विदेशी मुद्रामा सम्झौता गरी भुक्तानी गर्न नमिल्ने।
प्रतितपत्र जारी गर्दाको कमिशन, स्वीफट चार्ज, प्रतितपत्र संशोधन शुल्क, स्वीफ्ट चार्ज  संशोधन, प्रतितपत्र भुक्तान गर्दा भुक्तानी शूल्क3,18,791।47ठेक्का प्राप्त गर्ने ठेकेदारले खोली भुक्तानि गर्न पर्नेमा सार्वजनिक संस्था/प्रतिष्ठानका राष्ट्रसेवक कर्मचारीहरुले राज्यकोषबाट भुक्तानी गरेको।
१% भन्सार शूल्क11,54,086।००ठेक्का प्राप्त गर्ने ठेकेदारले खोली भुक्तानि गर्न पर्नेमा सार्वजनिक संस्था/प्रतिष्ठानका राष्ट्रसेवक कर्मचारीहरुले राज्यकोषबाट भुक्तानी गरेको।
हालसम्म भुक्तानी भएको जम्मा रकम 9,34,26,619।87
बाँकी २०% रकम192,211।-[1]14२.२१ 2,73,34,326।31प्रतिष्ठानलाई दायित्व सिर्जना भएको
प्रतिवादीहरुले बदनियत राखी गैरकानूनी लाभ हानी पुर्‍याएको जम्मा विगो12,07,60,946।18

 

त्यसैगरी, उक्त MRI मेशिन स्पेसिफिकेशन बमोजिम नरही निर्धारित स्पेसिफिकेशनको परिप्रेक्ष्यमा तुलना गर्दा गुणस्तरहिन रहे भएको, निर्धारित शर्त तथा मापदण्ड बमोजिम रहेको नदेखिएको अवस्थामा समेत स्पेसिफिकेशन बमोजिम भएको भनी बदनियत राखी गलत परिक्षण प्रतिवेदन (Inspection Report) दिए दिन लगाई स्वीकार नै गर्नु नहुने MRI मेशिन स्वीकार गरे गराएको देखिएको।

तसर्थ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गबाट MRI मेसिन खरिदको लागि Supply, Delivery and Installation of Magnetic Resonnance Imaging (MRI) System (IFB No: RAHS/NCB/HE/15/077/078) मार्फत बोलपत्र आह्वान गरेकोमा उक्त MRI मेसिन खरिदमा आवश्यकताको पुष्ट्याई बिना निश्चित कम्पनीसँग मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेशन तयार गरेको, एकै परिवारबाट संचालन भएको कम्पनीहरुबाट दररेट माग गरी गराई लागत अनुमान तयार गरेको, साविकमा तयार भएको प्राविधिक स्पेसिफिकेशनमा Lumbini Healthcare Pvt.Ltd. ले पेश गरेको प्रस्तावको आधारमा उक्त कम्पनीलाई नै मिल्ने गरी लागत अनुमानमा परिवर्तन नगरी नगराई प्राविधिक स्पेसिफिकेशनमा मात्र संशोधन गरेको, राष्ट्रियस्तरको बोलपत्र (NCB) खरिद प्रक्रियामा अन्तराष्ट्रियस्तरको बोलपत्र(ICB) का प्रावधान राखी राख्न लगाई  सम्बन्धीत आयातकर्ताले नै खोल्नुपर्ने प्रतितपत्र(Letter of Credit) राष्ट्रसेवक प्रतिवादीहरु आफैले खोली खोल्न लगाई राज्य कोषबाट सो वापतको खर्च भुक्तानी दिई दिन लगाई अमेरिकी डलरमा भुक्तानी दिने गरी सम्झौता गरेको, ठेक्का प्राप्त गर्ने कम्पनीले गुणस्तरहिन तथा शर्त तथा मापदण्ड बिपरितको MRI Machine आपूर्ति गर्दा समेत गुणस्तरीय, शर्त तथा मापदण्ड बमोजिमको सामाग्री रहेको भनी गलत परिक्षण प्रतिवेदन (Inspection Report) तयार गरी गराई झुटा बिल भर्पाईसमेतको आधारमा रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) भुक्तानी/खर्च समेत गरे गराएको देखिएबाट प्रतिवादीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 र दफा १९  समेतको कसूरजन्य कार्य भएको हुँदा देहायका प्रतिवादीहरू उपर देहाय बमोजिमको कसूरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

देहाय

सि.नं.प्रतिवादीकसूरसजाय
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।

साथै भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 24 बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देवभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।

साथै भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) र भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।

साथै भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी.भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत श्रीराम चौधरीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका आई.टी. अफिसर हिरालाल भण्डारीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
10राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारीभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
11राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अन्जु शर्माभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिमको कैद र विगो बमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम रु. 9,34,26,619।87 (अक्षरेपी नौ करोड चौतीस लाख छब्बीस हजार छ सय उन्नाईस रुपैया सतासी पैसा) असुलउपर हुन मागदाबी लिइएको छ।
12स्वास्थ्य सेवा विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराईभ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ।
१3लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवालीभ्रष्टाचार निवारण ऐन, 2059 दफा 8 को उपदफा (1) को देहाय (क), (ग), (ङ) र (ञ) र दफा १९ को उपदफा (२) को मतियार भई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ बमोजिमको कसूर।भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो रु. 12,07,60,946।18 (अक्षरेपी बाह्र करोड सात लाख साठ्ठी हजार नौ सय छयालिस रुपैया अठार पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (1) बमोजिम विगो असुल हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसूरदारलाई हुने सजाय सरह सजाय हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम मुख्य कसूरदारहरुलाई हुने सजायलाई आधारमानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसूरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिइएको छ।

 

 

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *