नौ वटा अस्पतालमा जेनजी आन्दोलनका ३१ जना घाइतेको उपचार जारी
काठमाडौँ, १७ असोज । गत २३ र २४ भदौमा भएको जेनजी नेतृत्वको आन्दोलनमा घाइते भएकामध्ये ३१ जना घाइतेको अहिले पनि अस्पतालमा उपचार जारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुको विभिन्न नौ वटा वटा अस्पतालमा उनीहरुको उपचार जारी रहेको जनाएको छ ।
विहीबार राती साढे नौँ बजेसम्मको तथ्यांक अनुसार अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, निजामती कर्मचारी अस्पतालमा २ जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा ७ जना, त्रिवि शिक्षण् अस्पतालमा ५ जना,कीर्तिपुर अस्पतालमा तीन जना उपचारमा रहेका छन् ।
यस्तै पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, नोवेल मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समान १ १ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार जेनजी आन्दोलनमा २ हजार ३१६ जनाको उपचार भएको थियो । उपचार पछि डिस्चार्ज भएका घाइतेको संख्या २ हजार २३६ जना रहेको छ । मन्त्रालयले अस्पतालमा आएर मृत्यु हुनेको संख्या ४९ जना र एम्बुलेन्स प्रयोग गरेका घाइतेहरुको संख्या ९४७ रहेको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]