दशैँ बिदामा पनि स्वास्थ्य चौकीले सेवा नियमित दिने

76
Shares

काठमाडौँ, १० असोज । नेपालीहरूको महान चाड बडा दशैँमा पनि स्वास्थ्य चौकीहरुले आफ्नो सेवा नियमित गर्ने भएका छन्।

दशैँमा बिदा भए पनि बिरामीको मर्कालाई ध्यानमा राखेर हुम्ला जिल्लाका स्वास्थ्य चौकीले आफ्नो सेवा नियमित गर्न लागेका हुन।

जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकाले जिल्ला अस्पतालसहित १२ वटा स्वास्थ्य संस्था रहेकोमा चार वटा स्वास्थ्य चौकीमा दशैँ बिदामा पनि आफ्नो सेवा नियमित गर्ने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले बताए।

उनले फूलपाती असोज १३ गतेदेखि द्धादसी असोज १८ गतेसम्म सार्वजनिक विदा भएपनि आफ्ना स्वास्थ्य संस्थाहरुले नियमित सेवा दिने उल्लेख गरे।

यसरी दशैँ विदामा पनि नियमित सेवा दिने स्वास्थ्य चौकीहरुमा वडा नम्बर २, ठेहे स्वास्थ्य चौकी, ३ को बरगाउँ स्वास्थ्य चौकी, ७ को डाँडाफया स्वास्थ्य चौकी र ८ को स्याँडा स्वास्थ्य चौकी रहेका छन्।

सार्वजनिक बिदामा पनि नियमित सेवा दिन जनशक्तिको समेत खटन पटक गरिएको छ। अस्पतालले त आफ्नो सेवा सधै चौबीसै घण्टा सुचारु रहेकोले दशै बिदामा पनि त्यही हुने जनाएको छ।

यता खार्पुनाथ गाउँपालिकाले पनि चार वटा स्वास्थ्य चौकीहरुबाट दशैँ बिदामा नियमित सेवा दिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बतए।

खार्पुनाथ गाउँपालिकाका सार्वजनिक विदामा नियमित सेवा दिने स्वास्थ्य संस्थाहरुमा वडा नम्बर १ को लाली स्वास्थ्य चौकी, तीनको राया स्वास्थ्य चौकी, ४ को छिप्रा स्वास्थ्य चौकी र ५ को खार्पुनाथ स्वास्थ्य चौकी रहेको जनाएको छ।

त्यसैगरि जिल्लाका अन्य गाउँपालिकाहरु नाम्खा, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले पनि आफ्ना गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीले दशैँ बिदामा पनि सेवा नियमित गर्ने जनाएका छन्।

ती गाउँपालिकामा १८ वटा स्वास्थ्य चौकी रहेका छ। सवैले दशैँ बिदामा पनि आफ्नो सेवा नियमित गर्नेछन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *