काठमाडौँ महानगरद्वारा दुर्गम स्वास्थ्य संस्थालाई ३५ वटा एम्बुलेन्स वितरण
काठमाडौँ, ७ असोज । काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।
मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौँ महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिए ।
एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको उनले बताए ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिएर सातै प्रदेशलाई समावेश गरिएको महानगरले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]