झलनाथ खनाल पत्नी रविलक्ष्मीलाई थप उपचारका लागि भारतको दिल्ली लगिदै
काठमाडौं । नेकपा समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई आज थप उपचारका लागि भारत लगिदै छ ।
जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिएको २४ भदौका दिन चित्राकार आफ्नो घरमा प्रदर्शनकारीले लगाएको परी गम्भीर घाइते भएकी थिईन् । उनलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार गरिएको थियो ।
फोक्सोमा निमोनियाको संक्रमण बढ्दै जाँदा चिकित्सकको सल्लाहमा परिवारले भारतको दिल्लीस्थित एपोलो अस्पताल लैजान लागेका हुन् । एयर एम्बुलेन्सको रुपमा श्री एयरलायन्सलाई प्रयोग गरि अहिले केही वेरमा दिल्ली उड्ने तयारी रहेको बुझिएको छ ।
अस्पतालका बरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईले अस्पतालबाट रिफर लिएर निस्किसकेको बताए । ‘भारत जानका लागि उहाँहरु अस्पतालबाट निस्किसक्नु भयो,’ छोटो प्रतिक्रिया दिदै उनले भने ।
शरीरको कुल १५ प्रतिशत जलनमा परेको चित्राकारको पोलिएको देब्रे हातमा संक्रमण फैलिएको कारण कुम भन्दा मुनिबाट काटिएको छ ।
निमोनियाको संक्रमण बढदै जाँदा उनको अवस्था गम्भीर भएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]